इिपिएलमा काठमाडौ किङसको कप्तानी फरभेज महारुफले गर्ने

एभरेस्ट प्रिमियर लिग (इपीएल)को टोली काठमाडौं किङ्स ११ ले श्रीलंकन खेलाडी फरभेज महारुफलाई कप्तान नियुक्त गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै टोलीले कप्तान नियुक्त गरेको घोषणा गरेको हो । यसअघि टोलीले राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीलाई मार्की खेलाडी चुनेको थियो । टोलीमा राष्ट्रिय टोलीका सागर पुन, जितेन्द्र मुखिया, सिद्धान्त लोहनीलगायतका खेलाडी छन् । श्रीलङन टिमका अलराउण्डर महारुफले राष्ट्रिय टिमबाट २२ टेष्टमा पाच सय ५६ रन बनाएका छन भने एक सय नौ एकदिवसिय खेलमा ११ सय १३ रन हिर्काएका छन । बलिङमा उनले टेष्टमा २५ र एकदिवसियमा एक सय ३५ विकेट लिएका छन ।

यस्तै टिमले अन्य विदेशी खेलाडीमा भारतका सागर कुमार र श्रीलङकाकै अजया फर्नान्डेज रहेका छन।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest