पोखरा राइनोजकाे टिम सार्वजनिक, तीन जना पाकिस्तानी खेलाडी

एभरेष्ट प्रिमीयर लिग (इपीएल) मा सहभागी टोली पोखरा राइनोजले टोलीको घोषणा गरेको छ । टोलीमा तीन जना पाकिस्तानी खेलाडी समेत छन् ।

पोखरामा तयारी गरिरहेको क्लबमा इसरार उल्लाह, अली आशिफ र ताज वालीलाई पोखरा राइनोजले भित्राएको हो । शक्ति गौचन नेतृत्वको पोखरा टीममा यी तीन विदेशी खेलाडीसँगै विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सन्तोष भट्ट, सुशन भारी र देव शाह रहेका छन् । विपिन खत्री र देव शाह पोखराका खेलाडी हुन् ।

१६ वर्षीय उदयीमान क्रिकेटर शाहलाई नियमानुसार ट्यालेण्ट हण्टबाट चयन गरिएको हो । ३० वर्षीय उल्लाह क श्रेणीको पेशावरका लागि खेल्छन् । २६ वर्षीय अली आशिफ इस्लामाबाद युनाईटेडमा खेलिसकेका हुन् भने ताजवाली पनि क श्रेणीकै खेलाडी रहेको जनाइएको छ। लेफ्ट ह्याण्ड ब्याट्सम्यान उनी दुई वर्ष अघि काजी इ ट्रफी प्रतियोगितामा ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी हुन्।

उनीहरुले पोखरामा आएर अभ्यास गर्न पाउँदा आफू पाकिस्तानमै खेलेको जस्तो अनुभूति भएको र आफ्नो टीम पर्फेक्ट भएको बताए । शंकर ग्रुप अन्तर्गत जगदम्बा मोर्र्टसका प्रमुख निर्देशक शाहिल अग्रवाल यस टीमका मालिक हुन् । मुलुकका ६ शहरको नामबाट फ्रेन्चाइज टिम बनाइएको छ । काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारिर्यर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाईगर्स प्रतिस्पर्धा गनेछन् । जसमा पारस खड्का विराटनगर, ज्ञानेन्द्र मल्ल ललितपुर, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा, सोमपाल कामी काठमाडौं, र दीपेन्द्रसिंह ऐरी चितवनका लागि मार्की खेलाडी हुन् ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त गनेछ । एक टिममा १५ खेलाडी रहनेछन् । प्रतियोगितामा सहभागिताका लागि अक्सन मार्फत प्रत्येक टिमले १०÷१० खेलाडी आफ्नो टिममा भित्राएका थिए । प्रत्येक टीमले ३÷३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानेका हुन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा टीम कोच नविन सिंह, असिस्टेन्ट कोच, रिजेन प्रजु, फिजियो विक्रम न्यौपाने, सपोर्टिङ स्टाफ मनिश उषा, तथा म्यानेजमेन्ट मेम्बर आभाष घिमिरे, ब्राण्ड अफिसर उत्सव प्रधानाङ्ग लगायतले टिमको बारेमा जानकारी दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest