नेपाल र मलेसिया भिड्दै, कसले मार्ला बाजी

नेपालले, एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा आज मलेसिया संग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल समुह ए को विजेता र मलेसिया समुह बी को उपविजेता हुदै अन्तिम चारमा प्रवेश गरेका हुन् । समुह चरणमा अपराजित रहेको नेपालले थाइल्यान्डलाइ एक सय ३३ रन र हङकङलाइ चार विकेटले पराजितगरेको थियो । यस्तै समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाई तीन सय ३७ रनको भारी अन्तरले हराउदै समुह विजता बनेको हो । समुह बी मा रहेको मलेसिया पहिलो खेलमा सिंगापुरसंग २९ रनले पराजित हुदा दोस्रो खेलमा चीनलाई चार विकेटले हराएको थियो ।

समुहको अन्तिम खेलमा मलेसियाले भुटानलाई एक सय ७१ रनले हराएको थियो । यसअघि २०१४ मा भएको एसीसी अन्डर सिक्सटिन प्रिमियरमा नेपालले मलेसियालाई ३२ रनले हराउदै उपाधि जितेको थियो । अर्को सेमिफाइनल खेल सिंगापुर र हङकङ विच हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest