नेपालको पाचौ विकेट झर्यो

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा अहिले नेपालले मलेसियासंग खेलिरहेको छ ।

थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । गएराति भएको भारी बर्षाका कारण मैदान गिलो भएपछि झण्डै दुई घण्टा ढिलो भएको हो । तर नेपालले सुरुवात राम्रो गर्न सकेन । ११ रन हुदा ओपनर कुशल मल्ल मात्र ६रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर ३० रन हुदा दोस्रो विकेट झरयो । विशालविक्रम केसी १५ रनमा आउट हुन पुगे । लगत्तै नेपालले ३६ रनमा तेस्रो विकेट खेर फाल्यो । राजन मगर ब्यक्तिग ११ रनमा पेभेलियन फर्किए । नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउदा पाच विकेट गुमायो । म्यानमार विरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest