एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपालले मलेसियालाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको बैकक स्थित टेर्डथाई क्रिकेट मैदानमा झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा झारीएको खेलमा आठ विकेट गुमाउदै एक सय २७ रन बनायो । ११ रन हुदा ओपनर कुशल मल्ल मात्र ६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालको स्कोर ३० रन हुदा दोस्रो विकेट झरयो । विशालविक्रम केसी १५ रनमा आउट हुन पुगे । लगत्तै नेपालले ३६ रनमा तेस्रो विकेट खेर फाल्यो । राजन मगर ब्यक्तिगत ११ रनमा पेभेलियन फर्किए ।
नेपालका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न नसक्दा नेपालले ६७ रनमा बनाउदा पाच विकेट गुमायो । म्यानमार विरुद्ध सतक प्रहार गरेका कप्तान रित गौतमले ११ रन बनाए भने त्रितराज दाशले १३ रन जोडे । त्यसपछि नारायण जोशी र सुनिल भण्डारीले नेपालका लागि समान १७–१७ रनको योगदान गरे भने प्रतिश जिसी २५ रन बनाए ।