नेपाललाइ ह्विलचियर प्रतियोगिताको उपाधि

नेपालमा पहिलो पटक आयोजना भएको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय ह्विलचियर प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनलमा बंगलादेशलाई ५४ रनले हराउदै नेपालले पहिलो अन्तराष्ट्रिय उपाधि जितेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ६० रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि एक सय ४९ रनको साझेदारी गरेको थियो । नेपालका लागि दिगम चेम्जोङ लिम्बुले ७९ रन बनाए भने नविन राईले ५९ रन बनाए ।

जवाफमा बंगलादेश १८ ओभर दुई बलमा एक सय ६ रनमा अलआउट भयो । बंगलादेशका लागि मोर्सेद आलमले २० तथा उज्जल बैरागीले १७ रन बनाउदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । बंगलादेशलाई कम स्कोरमा रोक्न विपिन पौडेलले तीन विकेट लिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पनि नेपालको बर्चश्व रहयो । ब्याट्सम्यान नेपालका नविन राई बने भने उत्कृष्ट बलर पनि नेपालका विपिन पौडेल ठहरिए । यस्तै बेष्ट किपर नेपालका राजु गुरुङ बने भने म्यान अफ द सिरीज दिगम चेम्जोङ लामा बने । तीन दिने प्रतियोगितामा नेपालसंगै भारत र बंगलादेशको सहभागिता रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest