चितवनले दियो पोखरालाइ ११४ रनको लक्ष्य

एभेरेष्ट प्रिमियर लिगमा अहिले चितवन टाइगर्सले पोखरा राइनोजलाई एक सय १४ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा नौ विकेट गुमाउदै एक सय १३ रन बनायो । सात रन हुदा ओपनर दिलिप नाथलाई ब्यक्तिगत ६ रनमा गुमाएको चितवनले १० रन हुदा दोस्रो विकेट गुमायो । साबाज खान खाता खोल्न नपाउदै पेभेलियन फर्किए । पोखराका लागि विक्रम सोब र तेज वालीले एक एक विकेट लिए । तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अनिल मण्डलले ६७ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

तर ७७ रन हुदा अनिल मण्डल ३२ रनमा आउट भएपछि चितवनले तेस्रो विकेट गुमायो । त्यसपछि ८८ रन हुदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ४२ रनमा आउट भएपछि चितवनले चौथो विकेट गुमायो । चितवनको स्कोर एक सय रन हुदा पाचौ विकेट गुमायो । उसका भिम सार्की मात्र आठ रनमा आउट भए । लगत्तै योगेन्द्रसिंह कार्कीपनि सात रनमा आउट भएपछि चितवनले छैटौ विकेट गुमायो । अन्तत चितवनले एक सय १३ रन बनायो । बलिङमा पोखराका लागि इस्राउल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest