पारसको टिम विराटनगर वारियर्सद्धारा १५१ रनको लक्ष्य

एभेरेष्ट प्रिमियर लिग इपिएलको दोस्रो खेलमा विराटनगर वारियर्स ललितपुर पेट्रियोट्सलाई एक सय ५१ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५० रन बनायो । विराटनगरले १२ रनमा पहिलो विकेट गुमायो । ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए । त्यसपछि अन्सुमान राथ १४ रनमा आउट भएपछि विराटनगरले ४४ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि बाबर हायात पनि ३४ रनमा आउट भएपछि विराटनगरले ६८ रनमा तेस्रो विकेट खेर फाल्यो । कप्तान पारस खड्का र अनिल शाहले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए । अनिलले ४७ रनको योगदान गरे । पारस खड्काले ३८ रनको योगदान गरे । बलिङ तर्फ ललितपुरका सन्दिप लामिछानेले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest