यू-१६ क्रिकेट टिमका खेलाडी त्रितराज र निखिललाइ गृह जिल्लामा भब्य स्वागत

थाइल्याण्डमा भएको एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि विजेता टिमका मुख्य खेलाडी त्रितराज दाश र निखिल सिंहलाई गृह जिल्लामा भब्य स्वागत गरिएको छ ।

फाइनलमा सिंगापुरलाई ७१ रनले हराउदै उपाधि रक्षा गरेको नेपाली टिमका मुख्य खेलाडी त्रितराजसंग निखिल सिंहलाई गृह जिल्ला कलैयामा भब्य स्वागत गरि नगर परिक्रममा गराइएको छ । बारा जिल्ला क्रिकेट संघको पहलमा खेलाडीको हौसला बढाउनका लागि नगरपरिक्रमा गराइएको हो । सो कार्यक्रमा क्रिकेट समर्थकका साथै जिल्ला क्रिकेट संघका अध्यक्ष र खेलाडीका परिवारको सहभागिता रहेको थियो । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान बनेका त्रितराजले भब्य स्वागत कार्यक्रम पछि आफुहरुले यस्तो स्वागत नसोचेको बताए । साथै उनले गृह जिल्ला बासिलाई धन्यवाद पनि दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest