इपिएल, पोखरा र विराटनगर विजयी

राजधानीमा जारी एभेरेष्ट प्रिमियर लिग इपिएलको दोस्रो दिन पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन । आज भएको पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटको भारी अन्तरले हरायो भने विराटनगरले ललितपुर पेट्रियट्सलाई ६ रनले पराजित गरयो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा नौ विकेट गुमाउदै एक सय १३ रन बनायो । सात रन हुदा ओपनर दिलिप नाथलाई ब्यक्तिगत ६ रनमा गुमाएको चितवनले १० रन हुदा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अनिल मण्डलले ६७ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । तर ७७ रन हुदा अनिल मण्डल ३२ रनमा आउट भएपछि चितवनले तेस्रो विकेट गुमायो । त्यसपछि ८८ रन हुदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ४२ रनमा आउट भएपछि चितवनले चौथो विकेट गुमायो । पुछारका खेलाडीले खासै राम्रो खेल्न नसक्दा चितवनले एक सय १३ रन बनायो । बलिङमा पोखराका लागि इस्राउल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए ।

जवाफमा पोखरा राइनोजले १७ ओभर चार बलमा विनो विकेटको क्षतीमा लक्ष्य पुरा गरयो । उसको जितमा पाकिस्तानी खेलाडी इस्रा उल्लाहले अविजीत ६१ रन बनाए भने सुनिल धमलाले ४६ रनको योगदान गरे ।

आजै भएको अर्को खेलमा विराटनगरले ललितपुरको चुनौती पन्छ्याउदै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५० रन बनायो । उसका लागि कप्तान पारस खडकाले ३८ रन बनाए भने अनिल शाहले ४७ रनको योगदान गरे । यस्तै हङकङका खेलाडी बाबर हायातले ३४ र अन्सुमन राथले १४ रनको योगदान गरे ।

जवाफमा ललितपुर २० ओभरमा एक सय ४४ रनमा रोकियो । पहिलो खेलमा काठमाडौ किङसलाई सात विकेटले हराएको ललितपुरले आज भने राम्रो फिनिसिङ गर्न सकेन । उसका लागि पवन सराफले ५१ रन बनाए । यस्तै योगेश नागारले २७ तथा कुशल भुर्तेलले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकनेन । प्रतियोगितामा ललितपुरको पहिलो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest