विराटनगरको लगातार दोस्रो जित, हङकङका खेलाडीको प्रदर्शन उच्च

एभरेष्ट प्रिमियर लिग इपिएलमा विराटनगर वारियर्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाउदै एक सय २२ रन बनाएको थियो । ३७ रन बनाउदा चार विकेट गुमाएको पोखराका लागि राजेश पुलामी मगरले ३० तथा इस्रा उल्लाहले २१ रन बनाए । यस्तै सुनिल धमला र ताज वालीले समान १८–१८ रन बनाए । बलिङ तर्फ विराटनगरका लागि कप्तान पारस खडकाले तीन विकेट लिए ।

जवाफमा विराटनगरले दुई बल बाकि हुदा लक्ष्य पुरा गरयो । उसको जितमा हङकङको खेलाडीद्धय अन्समन राथले बाबर हायातको प्रदर्शन उच्च रहयो । अन्सुमानले ६० रन बनाउदा बाबर हायातले २२ रनको योगदान गरे । यस्तै पारस खडकाले ११ रन थपे । जितसंगै विराटनगरले चार अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest