काठमाडौको कमजोर प्रदर्शन जारी, भैरहवासग सात विकेटले पराजित

काठमाडौ किङस भैरहवा ग्लाडियटर्ससंग सात विकेटले पराजित भयो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा आठ विकेट गुमाउदै एक सय १८ रन बनायो । उसका लागि अमित श्रेष्ठले २९रन बनाउदा सागर कुमारले २८ र सागर पुनले १५ रन बनाए । यस्तै राजु रिजालले टिमका लागि २२ रनको योगदान गरे । बलिङ तर्फ दिपेश श्रेष्ठले तीन तथा शरद भेषवाकरले दुई विकेट लिए ।

जवाफमा भैरहवाले १६ ओभर दुई बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका जितमा पुनित विष्टले ४२ तथा कप्तान शरद भेषवाकरले ३२ रन बनाए । यस्तै आरिफ शेखले २३ र हरिशंकर शाहले १४ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest