ललितपुरद्धारा भैरहवालाइ १४२ रनको लक्ष्य

एभेरेष्ट प्रिमियर लिग इपिएलको आजको पहिलो खेलमा ललितपुर पेट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई ४२ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ४१ रन बनायो । खराव सुरुवात गरेको ललितपुरले एक रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि ३९ रन हुदा ललितपुरको तीन विकेट झरेको छ । ललितपुरका लागि भारतीय खेलाडी योगश नागारले ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे ।

बलिङ तर्फ दिपेश श्रेष्ठले तीन तथा आरिफ शेख र पुनित मिश्रले दुई दुई विकेट लिए । यसअघि ललितपुरले दुई खेलमा एक हार र एक जित निकालेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest