भैरहवाको लगातार दोस्रो जित, रोहितको आक्रामक पारी

एभेरेष्ट प्रिमियर लिग इपिएलको आजको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा भैरहवाले ललितपुर वारियर्सलाई चार विकेटले हरायो । ललितपुरको जारी प्रतियोगितामा लगातार दोस्रो हार हो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ४१ रन बनायो । खराव सुरुवात गरेको ललितपुरले एक रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि ३९ रन हुदा ललितपुरको तीन विकेट झरेको छ । ललितपुरका लागि भारतीय खेलाडी योगश नागारले ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे । बलिङ तर्फ दिपेश श्रेष्ठले तीन तथा आरिफ शेख र पुनित मिश्रले दुई दुई विकेट लिए ।

जवाफमा भैरहवाले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । ४९ रनमा चार विकेट गुमाइसकेको भैरहवाको जितमा पुनित विष्ट र आरिफ शेखले ५९ रनको साझेदारी गर्दै जितको बाटो देखाएको थिए । पुनितले ५० रन बनाए भने आरिफले २७ रन जोडे । अन्तिममा रोहितकुमार पौडेलले आक्रामक पारी खेल्दै टिमलाई जित दिलाए । उनले ११ बलमा ३१ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest