चितवनको लगातार दोस्रो हार, काठमाडौको पहिलो जित

इपिएलको आजको दोस्रो खेलमा चितवन टाइगर्सलाई काठमाडौ किङसले तीन विकेटले हराएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४२ रन बनायो । २१ रन हुदा पहिलो विकेट गुमाएको चितवनका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सकेन । जसमा दिलिप नाथले ४६ रन बनाउदा साबेज खानले २७ तथा योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । यस्तै कमलसिंह ऐरीले १२ रनको योगदान गरे । बलिङ तर्फ काठमाडौका फरवेज महारुफले तीन विकेट लिए ।

जवाफमा काठमाडौ किङसले १९ ओभर दुई बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । १२ रन हुदा पहिलो विकेट गुमाएको काठमाडौले दोस्रो विकेटका लागि अमित श्रेष्ठ र कप्तान फरवेज महारुपले ६५ रनको साझेदारी गर्न सफल भए । अमित ३८ रनमा आउट भए भने महारुफले ३९ रन बनाए । यस्तै सागर कुमारले २३ रनको योगदान गरे । जारी प्रतियोगितामा काठमाडौको यो पहिलो जित हो । तीन खेलमा उसले दुईमा हार ब्यहोरीसकेको छ । यता चितवनको यो लगातार दोस्रो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest