काठमाडौ किङसले दियो मात्र ९९ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा काठमाडौ किङसले पोखरा राइनोजलाई ९९ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले २० ओभरमा आठ विकेट गुमाउदै ९८ रन बनायो । जारी प्रतियोगितामो काठमाडौले बनाएको यो अहिलेसम्म कै न्युन स्कोर हो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको काठमाडौले एक रनमा दुई विकेट गुमायो । उसका कप्तान फरवेज महारुफ र अमित श्रेष्ठ खाता खोल्न नपाउदै आउट भए । त्यसपछि ६४ रन हुदा काठमाडौले चार विकेट खेर फाल्यो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सागर पुनले ३६ रन बनाउदा राजु रिजालले १७ र सोमपाल कामीले १० रन जोडे । बलिङ तर्फ पोखराका विक्रम सोब, शक्ति गौचन र सुसान भारीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest