शक्तिको टिम पोखराको दोस्रो जित, काठमाडौको तेस्रो हार

एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा राइनोजले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा पोखराले काठमाडौ किङसलाई ६ विकेटले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले २० ओभरमा आठ विकेट गुमाउदै ९८ रन बनायो । जारी प्रतियोगितामो काठमाडौले बनाएको यो अहिलेसम्म कै न्युन स्कोर हो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको काठमाडौले एक रनमा दुई विकेट गुमायो । उसका कप्तान फरवेज महारुफ र अमित श्रेष्ठ खाता खोल्न नपाउदै आउट भए । त्यसपछि ६४ रन हुदा काठमाडौले चार विकेट खेर फाल्यो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सागर पुनले ३६ रन बनाउदा राजु रिजालले १७ र सोमपाल कामीले १० रन जोडे । बलिङ तर्फ पोखराका विक्रम सोब, शक्ति गौचन र सुसान भारीले दुई दुई विकेट लिए ।

जवाफमा पोखरा राइनोजले १८ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । ४३ रनमा दुई विकेट गुमाएको पोखराका लागि सुनिल धमलाले २० तथा इस्रा उल्लाहले अविजीत ४५ रन बनाए । यस्तै कप्तान शक्ति गौचनले १८ रनको योगदान गरे । जितसंगै पोखराले तीन खेलबाट चार अंक बनाएको छ भने काठमाडौको चार खेलबाट दुई अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest