विराटनगरद्धारा काठमाडौलाइ १४८ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौ किङसलाई एक सय ४८ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेट गुमाउदै एक सय ४७ रन बनायो । ११ रन हुदा पहिलो विकेट गुमाएको विराटनगरका लागि विदेशी खेलाडी अन्सुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गर्न सफल भए । अन्सुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनको योगदान गरे । यस्तै कप्तान पारस खडकाले २६ रन थपे । बलिङ तर्फ सोमपाल कामी र अमरसिंह रौतेलाले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest