विराटनगर क्वालिफायर्समा प्रवेश

एभरेष्ट प्रिमियर लिग अन्तर्गत विराटनगर वारियर्सले लगातार पाचौ जित हात पारेको छ । आज भएको खेलमा विराटनगरले काठमाडौ किङसलाई आठ रनले पराजित गरयो । जितसंगै विराटनगर क्वालिफायर्स चरणमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेट गुमाउदै एक सय ४७ रन बनायो । ११ रन हुदा पहिलो विकेट गुमाएको विराटनगरका लागि विदेशी खेलाडी अन्सुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गर्न सफल भए । अन्सुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनको योगदान गरे । यस्तै कप्तान पारस खडकाले २६ रन थपे । बलिङ तर्फ सोमपाल कामी र अमरसिंह रौतेलाले दुई दुई विकेट लिए ।

जवाफमा काठमाडौ २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३९ रनमा रोकियो । उसका लागि कप्तान फरवेज महारुफले ४२ तथा नरेश बुढाऐरले ३० रनको योगदान गरे । यस्तै सिद्धान्त लोहनीले १५ तथा सागर पुनले १३ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । काठमाडौलाई कम स्कोरमा रोक्न अन्सुमान राथले तीन विकेट लिए । प्रतियोगितामा अपराजित टिम विराटनगरको १० अंक भएको छ भने काठमाडौको पाच खेलबाट दुई अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest