पोखराले दियो १०९ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई एक सय नौ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८ ओभर तीन बलमा एक सय आठ रनमा अलआउट भयो । पोखराका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । २३ रन हुदा पहिलो विकेट गुमाएको पोखराले ७० रन बनाउदा चार विकेट खेर फालेको थियो । त्यसपछि अरु ३८ रन जोडदा पोखरा टिम अलआउट भयो । उसका लागि विदेशी खेलाडी इस्राउल्लाहले ४१ रन बनाए भने सुनिल धमलाले १५ र आसिफ अलीले १० रन जोडे । बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ कृष्ण कार्की, शरद भेषवाकरले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest