भैरहवा ७ विकेटले विजयी, क्वालिफायर्स राउण्ड नजिक

एभरेष्ट प्रिमियर लिग अन्तर्गत भैरहवा ग्लाडियटर्स पोखरा राइनोजलाई सात विकेटले हरायो । प्रतियोगितामा भैरहवाको तेस्रो जित हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८ ओभर तीन बलमा एक सय आठ रनमा अलआउट भयो । पोखराका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । २३ रन हुदा पहिलो विकेट गुमाएको पोखराले ७० रन बनाउदा चार विकेट खेर फालेको थियो । त्यसपछि अरु ३८ रन जोडदा पोखरा टिम अलआउट भयो । उसका लागि विदेशी खेलाडी इस्राउल्लाहले ४१ रन बनाए भने सुनिल धमलाले १५ र आसिफ अलीले १० रन जोडे । बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ कृष्ण कार्की, शरद भेषवाकरले दुई दुई विकेट लिए ।

जवाफमा भैरहवाले १७ ओभर चार बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । भैरहवाको जितमा आरिफ शेखले अविजीत ४८ तथा कप्तान शरद भेषवाकरले ३२ रन बनाए । यस्तै प्रथम सालुन्कीले २५ रन जोडे । जितसंगै भैरहवाले पनि क्वालिफायर्स राउण्डमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest