चितवनले दियो मात्र ८८ रनको लक्ष्य

एभेरेष्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन २० ओभरमा नौ विकेट गुमाउदै ८७ रन बनायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जारी प्रतियोगितामा चितवनले बनाएको यो सबै भन्दा न्युन स्कोर हो । दुई रन हुदा पहिलो विकेट गुमाएको चितवनले २७ रन बनाउदा चार विकेट खेर फालेको थियो । भैरहवाको बलिङसामु दबावमा परेको चितवनले ६५ रन हुदा नौ विकेट गुमायो । उसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले समान १५–१५ रन बनाउदा आकाश थापाले ११ र ललितसिंह भण्डारीले १३ रन जोडे । बलिङ तर्फ शरद भेषवाकरले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest