भैरहवाद्धारा चितवन ४ विकेटले पराजित, चितवन बाहिरीयो

एभेरेष्ट प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई चार विकेटले हराएको छ । जितसंगै भैरहवा उपविजेताका रुपमा प्लेअफमा पुगेको छ । चितवन भने प्रतियोगिताबाट बाहिरीएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन २० ओभरमा नौ विकेट गुमाउदै ८७ रन बनायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जारी प्रतियोगितामा चितवनले बनाएको यो सबै भन्दा न्युन स्कोर हो । दुई रन हुदा पहिलो विकेट गुमाएको चितवनले २७ रन बनाउदा चार विकेट खेर फालेको थियो । भैरहवाको बलिङसामु दबावमा परेको चितवनले ६५ रन हुदा नौ विकेट गुमायो । उसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले समान १५–१५ रन बनाउदा आकाश थापाले ११ र ललितसिंह भण्डारीले १३ रन जोडे । बलिङ तर्फ शरद भेषवाकरले तीन विकेट लिए ।

जवाफमा भैरहवाले १८ ओभर तीन बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । सुरुवात राम्रो गर्न नसकेको भैरहवाले एक रन हुदा दुई किवेट गुमाएको थियो । तर रोहित पौडेल र पुनिल मिश्रले जिम्मेवारी पारी खेल्दै टिमलाई जितको आधार बनाए । रोहितले २० रन बनाए भने पुनितले ३० रनको योगदान गरे । यस्तै भुपेन्द्र थापाले १३ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest