पोखराद्धारा ललितपुरलाइ १३३ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्स चरणमा पुगिसकेको पोखरा राइनोजले ललितपुर पेट्रियोट्सलाई एक सय ३३ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ३२ रन बनायो । २१ रनमा पहिलो विकेट गुमाएको पोखराले २६ रन हुदा दास्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि सुनिल धमला र राजेश पुलामीमगरले ६६ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । राजेशले ३२ रन बनाए भने विनोद भण्डारीले १२ रनको योगदान गरे । यस्तै सुनिल धमलाले ७० रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest