इलिमिनेसन राउण्डमा ललितपुर र पोखरा भिडने

इलिमिनेटर चरणमा पुगिसकेको पोखरा राइनोजलाई चार विकेटले हराउदै ललितपुर पेट्रियोट्स पनि इलिमिनेसन राउण्डमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ३२ रन बनायो । २१ रनमा पहिलो विकेट गुमाएको पोखराले २६ रन हुदा दास्रो विकेट खेर फाल्यो । तर तेस्रो विकेटका लागि सुनिल धमला र राजेश पुलामीमगरले ६६ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । राजेशले ३२ रन बनाए भने विनोद भण्डारीले १२ रनको योगदान गरे । यस्तै सुनिल धमलाले ७० रन जोडे ।

जवाफमा ललितपुरले २० ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । ललितपुरको जितमा जयकिसन कोल्सावालाले ५६ रन बनाए भने शंकर रानाले ३५ तथा कप्तान ज्ञानेन्द्र मल्लले २७ रनको योगदान गरे । जितपछि ललितपुरले चार अंक बनाउदै इलिमिनेटर चरणमा प्रवेश गरेको छ । जसमा उसले पोखरासंग नै खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest