इपिएलको दोस्रो क्लालिफायर्समा ललितपुर र भैरहवा खेल्दै

एभरेष्ट प्रिमियर लिग अन्तर्गत आजको दोस्रो क्लालिफायर्समा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा हुनेछ । हिजो भएको इलिमिनेटरमा पोखरा राइनोलाई २७ रनले पराजित गर्दै ललितपुर दोस्रो क्लालिफायर्समा पुगेको हो ।

आजको खेलको विजेताले फाइनलमा विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ। बुधबार बिहान भएको पहिलो क्वालिफायर्समा भैरहवालाई पराजित गर्दै विराटनगर फाइनल पुगिसकेको छ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३८ रन बनायाे। ललितपुरका भारतीय खेलाडी सन्नी पटेलले सर्बाधिक ३८ रनको पारी खेले। २६ बलको सामना गरेका उनले ३ छक्का र २ चौका प्रहार गरे। त्यस्तै, अर्का भारतीय खेलाडी जयकिसन कोल्सावाले २८, शंकर रानाले ३४ तथा दिपेश भण्डारीले १९ रन जाेडे। पोखराका इसार उल्लाहले ३ तथा सुशान भारीले २ विकेट लिए।

जवाफी ब्याटिङमा पोखराले १९.१ ओभरमा सवै विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो। पोखराका इसार उल्लाहले २५, किशोर महतोले २३ तथा सुशान भारीले १७ बाहेक अन्यले योगदान दिन सकेनन्। बलिङमा ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेल, पवन सरार्फ र रसिद खानले २ विकेट लिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest