ललितपुरले दियो १३३ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत फाइनल प्रवेशका लागि अहिले ललितपुर प्याट्रियाट्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा भइरहेको छ । जसमा ललितपुरले एक सय ३३ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभमरा ६ विकेट गुमाउदै एक सय ३२ रन बनयो । उसका ओपनर शंकर राना र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्न सफल भए । कोल्सावाला ४२ रनमा आउट हुदा ललितपुरले पहिलो विकेट गुमायो । लगत्तै शंकर रानापनि आउट भएपछि ललितपुरले ६० रनमा दोस्रो विकेट गुमायो । त्यसपछि विदेशी खेलाडी सन्नी पटेल ब्यक्तिगत २४ रनमा बाहिरीएपछि ललितपुरले ९७ रनमा तेस्रो विकेट गुमायो ।

त्यसको लगत्तै कुशल भुर्तेलपनि खाता खोल्न नपाउदै आउट भएपछि ९८ रनमा चौथो विकेट गुमायो । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २० तथा दिपेश भण्डारीले २२ रनको योगदान गरे । यस्तै सोनु तामाङले १० रन थपे । बुधबार भएको खेलका विराटनगरले भैरहवालाई हराउदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest