आरिफलाइ जरिवाना, खेलको ५० प्रतिशत फाइन

खेलका दौरान अम्पायर माथि अनुशासन विपरीत ब्यवहार गरेको भन्दै भैरहवा ग्लाडियटर्सका खेलाडी आरिफ शेखलाई जरिवाना लगाएको छ ।

आज भएको दोस्रो क्वालिफायर्समा अम्पायरले दिएको एलबीडब्लुको निर्णय प्रति असन्तुष्टी जनाउदै नियम विपरित ब्यवहार गरेका भन्दै लेभल टु अफेन्स अन्तर्गत कोड अफ कन्डक्टको दुई दशमलव दुई पाच धारा अनुसार कारवाही गरेको हो । म्याच रेफ्र मोहम्मद साफिकले प्यानलले शेखलाई खेलको ५० प्रतिशत म्याच फि फाइन लगाएको हो । अम्पायर विनयकुमार झाले आउट दिएपछि शेखले उनिमाथि अभद्र ब्यवहार गरेका थिए । आजको खेलमा उनले मात्र ६ रन बनाएका थिए । उनी आउट हुदा भैरहवाले ४७ रनमा चार विकेट गुमाएको थियो । तर अन्तिममा रोहित पौडेलले २८ रनको विस्फोटक पारी खेल्दै टिमलाई फाइनलमा पुरयाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest