इपिएल फाइनल: विराटनगर वारियर्सले १ रनले खेल जित्दै उपाधि जित्यो

एभेरेष्ट प्रिमियर लिगको दोस्रो सस्करणको उपाधि विराटनगर वारियर्सले जितेको छ । फाइनलमा भैरहवा ग्लाडिटियर्सलाई एक रनले हराउदै उपाधि जित्न सफल भयो ।

Scorecard

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत २० ओभरमा सात विकेट गुमाउदै एक सय ४९ रन बनायो । विराटनगरको स्कोर ३४ रन हुदा पहिलो विकेट गुमायो । यो प्रतियोगितामा राम्रो फर्ममा नरहेका खेलाडी आशिफ शेख सात रनमा आउट भए । त्यसपछि ५८ रन हुदा विराटनगरले दोस्रो विकेट गुमायो ।

यो प्रतियोगिताका सर्वाधिक रनकर्ता बावर हायात ११ रनमा पेभेलियन फर्किए । ८३ रन हुदा आक्रामक खेलाडी अन्सुमान राथ ब्यक्तिगत ४१ रनमा पभेलियन फर्किएपछि तेस्रो विकेट गुमायो । प्रतियोगितामा खासै राम्रो खेल्न नसकेका कप्तान पारस खडका ब्यक्तिगत २७ रनमा आउट भएपछि एक सय रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अनिलकुमार शाहले २२ रनको योगदान गर्दा प्रनित थापामगरले १४ रन थपे । बलिङ तर्फ कृष्ण कार्की र हरिशंकर शाहले दुई दुई विकेट लिए ।

जवाफमा भैरहवा २० ओभरमा नौ विकेट गुमाउदै एक सय ४८ रनमा रोकियो । १९ रन हुदा पहिलो विकेट गुमाएको भैरहवाका लागि कप्तान शरद भेषवाकर र प्रथम सालुन्कीले ६८ रनको साझेदारी गर्दै टिमलँई बलियो स्थितीमा पुरयाए । सालुन्कीले ३० रन बनाए । त्यसपछि एक सय दुई रन हुदा कप्तान शरद भेषवाकर ५२ रनमा रनआउट भएपछि भैरहवाले तेस्रो विकेट गुमायो ।

त्यसपछि ४३ रन थप्दा भैरहवाले अरु पाच विकेट गुमायो । उसका लागि आरिफ शेखले २७ रन जोडदा प्रदिप ऐरीले ६, रोहितकुमार पौडेलले सात रन जोडे । अन्तिम ओभरमा भैरहवाले तीन विकेट गुमायो । बलिङ तर्फ पारस खडकाले तीन तथा अनिल शाह र करन केसीले दुई दुई विकेट लिए ।

जितसँगै विराटनगरले च्याम्पियन बन्दै इपीएलको ट्रफी र नगद नेरु.२१ लाख पुरस्कार हात पार्‍यो भने उविजेता भैरहवाले नगद नेरु. ८ लाख प्राप्त गर्‍यो।

यस्तै भैरहवाका युवा स्टार रोहित पौडेल मोस्ट भ्यालुएबल प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए भने विराटनगरका बाबर हायत प्लेअर अफ दि टुर्नामेन्ट बन्दै टिभिएस अपाचे आरटिआर २०० सय सिसीको बाइक प्राप्त गरे।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest