डेजा भु काण्ड, ठगि मुद्धामा परे पृथुसहित १० जना

राजधानीको नाइट क्लव डेजा भुमा भएको तोडफोडपछि पक्राउ परेका क्रिकेटर पृथु बाँस्कोटासहित १० जनालाइ जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा लागेको छ ।

डेजा भू क्लबमा अमेरिकन डिजे मार्समेलोलाई ल्याउने भनेर टिकट बिक्रि गरी ठगी गरेको प्रहरीले ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरेको छ । अमेरीकन डिजे मार्समेलो नआएपछि मंसिर २७ दरबारमार्गको डेजा भू नाइट क्लबमा उपस्थित दर्शकले तोडफोड गरेका थिए ।

सो क्लवमा क्रिकेटर पृथु बास्कोटाको पनि सेयर रहेको र मुख्य सञ्चालक राम गिरी हुन । साथै सेयरकर्तामा जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी छन । सो दिन कार्यक्रम आयोजनाको जिम्मा रितेश माडवारी र राजेश महर्जनले लिएका थिए । पुलिसले सबैलाइ ठगिको मुद्धा लगाएको छ । पृथुसहित सात जनालाई मंसिर २८ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ। क्लबका केही संचालकलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest