डिभिजन टु फेब्रेवरी ६ देखि, पहिलो चरणमा २१ खेलाडी

नामिवियामा हुने विश्व क्रिकेट लिग डिभिजन टु का लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको छ ।

फेब्रेवरी ६ देखि १६ तारिखसम्म हुने प्रतियोगिताका लागि पारस खडकाको कप्तानीमा घोषणा भएको खेलाडीको सुचिमा पछिल्लो पटक खराव फर्मबाट गुर्जिरहेका विनोद भण्डारी र सागर पुनले स्थान बनाउन सकेनन । आक्रामक खेलाडीका रुपमा छवि बनाएका विनोदले टिममा स्थान बनाएपनि स्कोर गर्न असफल हुदै आएका थिए । पछिल्लो दुई बर्षमा विनोदको राष्ट्रिय टिममा उच्च स्कोर नामिविया विरुद्ध ४० रन थियो । यस्तै सागरको ब्याट नचलेको पनि धरै भइसकेको थियो । तर पनि उनलाई अलराउण्डरको नाताले टिममा स्थान दिइदै आएको थियो । यस्तै महबुब आलमलाई पनि टिममा स्थान दिइएन । यसपटक पहिलो चरणमा पहिलो पटक रोहितकुमार पौडेलले स्थान बनाएका छन । साथै सुनिल धमला र अनिलकुमार शाहले पनि प्रारम्भिक चरणमा स्थान बनाएका छन । नेपाली टिमले भोली देखि बन्द प्रशिक्षण सुरु गर्नेछ ।

टिममा परेका खेलाडी

पारस खडका, शरद भेषवाकर अनिलकुमार शाह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, किशोर महतो, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहित पौडेल, रासिद खान, सन्दिप लामीछाने, शक्ति गौचन, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनिल धमला र सुसान भारी रहेका छन ।

यसपटक सौरभ खनालले पनि टिममा स्थान बनाउन सकेनन । डिभिजन टुमा नेपाल सहित युएइ, केन्या, नामिविया क्यानडा र ओमान रहेका छन । प्रतियोगिताको शिर्ष दुईमा स्थान बनाउने टिमले मार्चमा हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest