दृष्टिविहिन विश्वकप क्रिकेटको भब्य उदघाटन

पाँचौँ एकदिवसीय दृष्टिविहिन विश्वकप क्रिकेट प्रतियोगिताको पाकिस्तानको लाहौरमा भव्य समारोहकाबीच उद्घाटन भएको छ ।

गद्याफी स्टेडियमको अल हम्रा आर्टस काउन्सिल एडिटरियम भव्य समारोहका बीच विश्वकप क्रिकेटको सुभारम्भ गरिएको हो। दुबई र पाकिस्तानमा संयुक्त आयोजनामा हुन लागेको विश्वकपको दुबै ठाँउमा उद्घाटन भएको छ। पाकिस्तानमा भएको विश्वकप उद्घाटनका क्रममा भएको मार्चपासमा नेपालका कप्तान कृतन श्रेष्ठ दुवालले नेपालको झन्डा बोकेका थिए। सो क्रममा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र समर्थकले नेपाली टोलीको स्वागत गरेका थिए।

बंगलादेशका कप्तान तान्जिलुर रहमान र पाकिस्तानका कप्तान निसार अलिले आफ्नो देशको झन्डालाई बोकेका थिए। यस संस्करणको उद्घाटन खेल सोमबार आयोजक पाकिस्तान र बंगलादेशबीच लाहोरको गद्याफी स्टेडियममा तथा दुबईको अजमान ओभल क्रिकेट ग्राउन्डमा भारत र अस्ट्रेलिया हुदैछन्। नेपालले भने पर्सि मंगलबार पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा पहिलो खेल खेल्नेछ। यस्तै, दोस्रो खेल नेपालले १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ भने ११ जनवरीमा बाँकी खेल खेल्न नेपाल दुबई प्रस्थान गर्ने कार्यतालिका छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest