रिकी पोंटिंङ अस्ट्रेलियाका सहायक प्रशिक्षक

रिकी पोंटिंङ अस्ट्रेलियाका सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। इंग्लैंड र न्यूजील्याण्डका बीच अागामी महिना हुने टी-२० सिरिजका लागि पोंटिंङ प्रशिक्षकमा नियुक्त भएका छन् । उनले अस्ट्रेलियाका मुख्य प्रशिक्षक डेरेन लिमैनसँग पाेन्टिङले काम गर्नेछन्।

लिमैनले यसअघि करार सम्झाैता सकिएपछि नविकरण नगर्ने जनाइसकेका छन्। साेहीकारण पाेन्टिङलार्इ भावी मुख्य प्रशिक्षकका रूपमा पनि हेरिएकाे छ।

सहायक काेचमा नियुक्ती पाएपछि पाेन्टिङले यसअघि पनि श्रीलंका विरूद्ध टिमसँगै रहेर काम गरेकाे र अागामी टुर पनि सुखद हुने प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियन टाेलीका पूर्व कप्तान समेत रहेका पाेन्टिङ यसवर्ष अाइपिएलमा दिल्ली डेयरडेविल्सकाे मुख्य प्रशिक्षकमा पनि नियुक्त भएका छन्।

यसअघि दिल्लीकाे काेचमा राहुल दव्रिड थिए तर उनले राजिनामा दिएपछि पाेन्टिङलार्इ दिल्लीले मुख्य काेचका रूपमा नियुक्त गरेकाे हाे।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest