काठमाण्डौ र नेपालगञ्जले बिजयी सुरुवात

इटहरीमा सुरू भएकाे दोश्रो इटहरी प्रिमियर लिग अण्डर १९ क्रिकेट प्रतियोगितामा काठमाण्डौ र नेपालगञ्जले बिजयी सुरुवात गरेका छन।

प्रतियाेगिताकाे उद्धघाटन खेलमा काठमाण्डौले बिराटनगरलाई ७ रनले तथा नेपालगञ्जले भैरहवालार्इ २२ रनले पराजित गर्याे। इटहरीस्थित डिभिएम स्कूलको मैदानमा भएकाे खेलमा टस हारेर ब्याटिङ गरेको काठमाण्डौले १ओभर पाच बलमा ८४ रन बनाएको थियो। काठमाण्डौका लागी अरुण ऐरीले २३, अभ्यास थापाले १३ रन जाेडे। बलिङ तर्फ बिराटनगरका लागी मिनस थापाले ३ विकेट तथा अनिल यादव, बिवेक यादव, दिपेश कंडेल र फिर्दोस अन्सारीले एक–एक विकेट लिए।

जवाफमा बिराटनगर निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ७७ रनमा समेटियाे। बिराटनगरका लव कामतले सर्वाधिक २२ रन, अंकित सुबेदीले २१ रन र मिनश थापाले १२ रन जोडे। बलिङ तर्फ काठमाण्डौका पवन कार्कीले २ तथा अरुण ऐरी र प्रतिश जीसीले एक–एक विकेट लिए।

दोश्रो खेलमा नेपालगञ्जले भैरहवालाई २२ रनले पराजित गर्याे। टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ८३ रन बनायाे। नेपालगञ्जका लागी बिनायक गिरीले सर्वाधिक ३२, लवकुशले १४ रन जोडे। बलिङ तर्फ भैरहवाका तुलबहादुर थापा र बिकर्ण बस्नेतले दुइ–दुइ विकेट लिए।

भैरहवा १५ दशमलव १ ओभरमा ६२ रन जाेड्दै अलआउट भयाे। भैरहवाका लागी सिजन मकाजुले १० रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन।

प्रतियोगिताकाे विजेताले १ लाख तथा उपविजेताले ५० हजार हात पार्नेछन भने सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद जित्नेछन्। यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमश : ५–५ हजार नगद प्राप्त गर्ने अायाेजकले जनाएकाे छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest