दोस्रो टेस्टमा भारत पराजित, श्रृखला पनि गुमायो

दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्टमा भारत एक सय ३५ रनले पराजित भएको छ । हारपछि भारत तीन खेलको श्रृखलामा दुई शुन्यले पछि परेको छ ।

दक्षिण अफ्रिकाको सेन्चुरीयनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले पहिलो पारीमा तीन सय ३५ रन बनाएको थियो । उसका लागि एडिन मर्करमले ९४ तथा हसिम अमलाले ८२ रन बनाए । यस्तै कप्तान फा डुप्लिसिसले ६३ रनको योगदान गरे । जवाफमा भारतले पहिलो पारीमा कप्तान विराट कोहलीको एक सय ५३ रनको मद्दतले तीन सय सात रनमा अलआउट भयो । विराटबाहेक भारतीय अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन ।

दोस्रो पारीमा दक्षिण अफ्रिकाले दुई सय ५८ रन जोडन सफल भयो । उसका लागि एवी डिभिलियर्सले ८० रनको योगदान गरे । जसका कारण भारतले दुई सय ८७ रनको लक्ष्य पायो । तर दोस्रो पारीमा भारत मात्र एक सय ५१ रनमा अलआउट भएपछि खेल गुमाउन पुग्यो । उसका लागि रोहित शर्माले ४७ रन बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest