डिभिजन टु को तयारीका लागि नेपाली टिम युएइ जाने

नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टु को थप तयारीका लागि नेपाली टिम युएइ जाने भएको छ ।

टिमले एक साताकाे बसाईमा युएईका स्थानिय क्लबहरु बिरुद्द तीनवटा अभ्यास खेल खेल्ने भएको छ । नेपालले युएईमा आईसिसीको ग्लोबल क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ । नेपाली टोली यहि २७ तारिखमा युएई तर्फ जाने र त्यहाँबाट नै डिभिजन टु का लागि नामेबिया तर्फ चार तारिखमा उड्ने छ । यस अघि नेपाली टोली प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका भ्रमण गर्ने भनिए पनि एकिन हुन सकेन । डिभिजन टु आगामी फेब्रुअरी आठ तारिखबाट शुरु हुनेछ । जसमा नेपाल सहित क्यानडा ओमान युएइ नामिविया र केन्या रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest