स्मिथ र कोहली बने आइसिसीका उत्कृष्ट खेलाडी

अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टिभ स्मिथ आइसीसीले प्रदान गर्ने बर्षको उत्कृष्ट टेष्ट खेलाडी बनेका छन । उनले यो अवार्ड जितेको दोस्रो पटक हो । यस्तै भारतीय टिमका कप्तान विराट कोहली दुई वटा अवार्ड पाउन सफल भए ।

२०१७ मा स्मिथले ७६ दशमलव सात छ को एभरेजमा १८७५ रन बनाएका थिए । जसमा उनले आठ सतक बनाए । स्मिथले यो अवार्ड जितेको पछिल्लो पाच बर्षमा चौथो अष्ट्रेलियन खेलाडी हुन । यसअघि २०१३ मा माइकल क्लार्क, २०१४ मा मिचेल जोनसन र २०१५ मा स्मिथ आफैले जितेका थिए । २०१६ मा बेष्ट टेष्ट खेलाडीको अवार्डमा भारतीय खेलाडी रविचन्द्रन आश्विनले जितेका थिए ।

स्मिथ टेष्टको उत्कृष्ट खेलाडी बन्दा भारतीय कप्तान विराट कोहली उत्कृष्ट एकदिवसिय खेलाडी बने । साथै उनले सर गारफिल्ड रोबर्स अवार्डबाट पनि सम्मानित भए । विराटनले एक दिवसिय क्रिकेटमा ७६ दशमलव आठ चारको औसतमा ६ सतक सहित १८१८ रन बनाएका थिए । यसअघि कोहलीले २०१२ मा यो अवार्ड पाएका थिए ।


कसले कुन विधामा जिते सुचि सहित

टेस्ट क्रिकेटर अफ द ईयर: स्टिव स्मिथ
क्रिकेटर अफ द ईयर: विराट कोहली
एकदिवसीय क्रिकेटर अफ द ईयर: विराट कोहली
एसोसिएट प्लेयर अफ द ईयर: रशिद खान
अम्पाएर अफ द ईयर: मारिस ईरास्मस
स्पिरिट अफ द ईयर अवार्ड: अन्या श्रुब्सोले
टी २० अन्तर्राष्ट्रिय पर्फर्मर अफ द ईयर: युज्बेन्द्र चाहल
ईमर्जिंग क्रिकेटर अफ द ईयर: हसन अलि

आइसीसी टेष्ट टिम

आइसीसी एकदिवसिय टिम

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest