पाकिस्तान विरुद्धको सिरीज न्युजिल्याण्डद्धारा क्लिनस्विप

पाकिस्तान विरुद्धको पाच एक दिवसिय श्रृखला न्युजिल्याण्डले क्लिनस्विप गरेको छ । पाचौ तथा अन्तिम एकदिवसिय खेलमा पनि न्युजिल्याण्ड १५ रनले विजयी भएपछि पाकिस्तानले सिरीज पाच शुन्यले नै गुमाएको हो ।

विलिङटनमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको घरेलु टिमले निर्धारीत ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ७१ रन बनायो । उसका लागि ओपनर मार्टिन गुप्टिलले सतकिए पारी खेले । जसमा उनले एक सय २६ बलमा सय रन बनाए । यस्तै रोस टेलरले ५९ तथा कोलिन मुर्नोले ३४ रनको योगदान गरे ।

जवाफमा पाकिस्तान ४९ ओभरमा दुई सय ५६ रनमा अलआउट भयो । उसका लागि ह्यारिस सोहेलले ६३ तथा सादव खानले ५४ रन बनाउदा बाकिस खेलाडी सस्तैमा आउट भए । पाकिस्तानका अन्य खेलाडीमा यामीर यामिनले ३२ तथा फाहिम अर्साफ र मोहम्मद नवाजले समान २३–२३ रन बनाए । बलिङ तर्फ मेट हेनरीले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest