यू-१९ विश्वकपमा कसले मच्चाए सनसनी

अन्डर नाइन्टिन विश्वकप अन्तर्गत समुह बी को अन्तिम खेलमा अष्ट्रेलियाका युवा बलले सनसनी मच्चाएका छन । पपुवा न्युगिनी विरुद्ध तीन सय ११ रनको विशाल जित दिलाउन जेसोन राल्टोनले सात विकेट लिदै सनसनी मच्चाए ।

न्युजिल्याण्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ओपनर नाथन म्याकस्वेनको एक सय ५६ रनको पारीमा ५० ओभरमा आठ विकेट गुमाउदै तीन सय ७० रन बनायो । उसका लागि कप्तान जेसोन साङघाले ८८ रन थपे ।
जवाफमा पिएनजी २४ ओभर पाच बलमा मात्र ५९ रनमा अलआउट भयो । पिएनजीका लेकी मोरीले २० रन बनाउनु बाहेक बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । पिएनजीको पारीलाई ध्वस्त बनाउन राल्सटोनले सात विकेट लिए । उनले ६ ओभर पाच बलमा मात्र १५ रन खर्चिदै सात विकेट लिए ।

युवा विश्वकपमा एकै पारीमा धरै विकेट लिने राल्सटोन दोस्रो खेलाडी बनेका छन । पहिलो स्थानमा भारतीय खेलाडी इराफान पठान छन । उनले २००३ मा बंगलादेश विरुद्ध साच ओभर पाच बलमा तीन ओभर मेडेलन राख्दै १६ रन खर्चिएर नौ विकेट लिएका थिए । तेस्रो स्थानमा श्रीलंकाका जिभन मन्डिस छन । उले नौ ओभर दुई बलमा सात विकेट एिका थिए । चोथो स्थानमा अफगानिस्तानका मुजिब जार्दनछन । उनले नौ ओभर तीन बलमा १९ रन खर्चिएर सात विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest