कप्तान पारस खड्का सम्मानित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मदन भन्डारी क्रिकेट सम्मान बाट सम्मानित भएका छन ।

राष्ट्रपति विद्या देबी भन्डारीले आज कप्तान पारसलाइ २५ हजार नगद पुरस्कार सहित सम्मान गर्नु भएको हो । किर्तिपुर स्तिथ टियु मैदानमा आज बाट सुरु क्रिकेट महोत्सवका अवसरमा पारस सम्मानित भएका हुन् । मदन भन्डारी स्पोर्टस फाउन्डेशनले नेपाली क्रिकेटमा योगदान पुर¥याउने क्रिकेट खेलाडीका लागि यो सम्मानको स्थापना गरेको हो । यो सम्मान पाउने पारस पहिलो क्रिकेट खेलाडी हुन् ।

आउदा दिनहरुमा यो सम्मानलाइ निरन्तरता दिने फाउन्डेशसनको क्रिकेट विभागले जनाएको छ । पारसको कप्तानीमा रहेको नेपाली टोली हाल नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको छ । यसै खेलको तयारीका लागि नेपालले एक साता लामो दुवइ भ्रमण पनि गर्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest