भारत, पाकिस्तान र अष्ट्रेलिया क्वाटरफाइनलमा

पुर्व च्याम्पियन अष्ट्रेलियासंगै भारत र पाकिस्तान अन्डर नाइन्टिन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

समुह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले पिएनजीलाई तीन सय ११ रनले हराउदै समुह बी बाट क्वाटरफाइनलमा पुग्यो भने भारतले जिम्वावेलँई १० विकेटले पाखा लगाउदै अन्तिम चारमा स्थान बनायो । अष्ट्रेलियाले दिएको तीन सय ७१ रनको लक्ष्य पक्ष्याएको पिएनजी २४ ओभर पाच बलमा मात्र ५९ रनमा अलआउट भयो । अष्ट्रेलियाका लागि नाथन क्यास्वानेले एक सय ५६ रन बनाए ।

अर्को खेलमा पहिले ब्याटिङ गरेको जिम्वावे ४८ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भयो । जवाफमा भारतले २१ ओभर चार बलमा लक्ष्य पुरा गरयो । उसका लागि सुभनम गिलले अविजीत ९० रन बनाए भने अभित देसाईले अविजीत ५६ रन जोडे ।

यस्तै पाकिस्तानले पनि श्रीलंकालाई तीन विकेटले हराउदै क्वाटरफाइनलको यात्रा तय गरयो । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४८ ओभर दुई बलमा एक सय ८८ रनमात्र बनाउन सक्यो । जसमा उसका लागि जेहान डेनियलले ५३ रनको योगदान गरे । जवाफमा पाकिस्तानले ४३ ओभर तीन बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि अली जारयाव आशिफले ५९ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest