क्रिकेट कार्निभलबाट युवाले पाएको ज्ञान

नेपालमा पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभल आज सकिदैछ ।

हिजोबाट सुरु भएको कार्निभलले क्रिकेट प्रति चासो राख्ने सुभचिन्तकलाई राम्रो साथ दिइएको आयोजकको बुझाइ छ । मदन भन्डारी स्पोर्टस फाउन्डेशनको क्रिकेट विभागले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा क्रिकेट संग सम्बन्धित हरेक जानकारी हरु प्रदान गरिनेएको थियो । आयोजक समितीका प्रमुख सुदिप शर्माले यो कार्निभलले काठमाडौ बाहिरदेखि राजधानीका विभिन्न क्रिकेटसंग सम्बन्धी ब्यक्तिले राम्रो जानकारी लिएको बताए । दुई दिने कार्निभलमा करीव पाच हजार खेलप्रमीले क्रिकेट स्टलको भ्रमण गरेको आयोजकको बुझाई छ ।

महोत्सवको पहिलो दिन राष्ट्रिय टिमका खेलाडी, राजनितिज्ञ, कलाकार र खेल पत्रकार बीच प्रदर्शनी खेल भएको थियो । जसले क्रिकेटलाइ अर्को क्षेत्र संग जोड्न महत्वपुर्ण भुमिका खेल्यो । पुर्व गृह मन्त्री जर्नादन शर्मा, कलाकारहरु दिपक राज गिरी, दिपा श्री निरौला, क्रिकेट संघका पुर्व अध्यक्ष विनयराज पान्डे लगायतले प्रदर्शनी खेलमा सहभागीता जनाएका थिए ।
क्रिकेट खेल्न चाहने विद्यार्थीका लागि सम्पुर्ण जानकारी दिइनेछ । यस्तै नेपाली क्रिकेटको इतिहास झल्किने किसिमका फोटो प्रदर्शनी पनि राखिएको छ । महोत्सवमा नेपाली क्रिकेटको भविष्य र चुनौती विषयक सेमिनार पनि संचालन गरिने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest