इङल्याण्ड यू-१९ विश्वकपको क्वाटरफाइनलमा

इग्ल्याण्ड आइसीसी अन्डर नाइन्टिन विश्वकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । आज भएको खेलमा क्यानडालाई दुई सय ८२ रनले हराउदै इग्ल्याण्डले अन्तिम आठको यात्रा पक्का गरेको हो ।

न्युजिल्याण्डको क्विन्सटाउनमा भएको समुह सी अन्तर्गतको खेलमा पहिले ब्याटिङ गरेको इग्ल्याण्डले ५० ओभरमा सात विकेट गुमाउदै तीन सय ८३ रन बनायो । इग्ल्याण्डका लागि दुई खेलाडीले सतक प्रहार गरे । जसमा लिम बाङसले एक सय २० रन बनाए भने विल ज्याक्सले एक सय दुई जोडे । यस्तै ज्याक डेभिसले ५७ रन थपे ।

जवाफमा क्यानडा ३१ ओभर पाच बलमा एक सय एक रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा प्रनभ शर्माले २५ तथा कप्तान अर्सलाना खानले २१ रन जोडदा बाकि खेलाडी सस्तैमा आउट भए । जितपछि इग्ल्याण्ड समुह सी बाट विजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest