ब्याटिङ प्रशिक्षक आज नेपाल आउदै, कसको तयारी कस्तो डिभिजन २ का लागि

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली टिमले त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। नेपालमा अभ्यास पछि नेपाली टिम १० दिनका लागि दुवइ जादैछ । नेपाली टिमको ब्याटिङ सुधारका लागि मुम्बईका कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा सुलक्षण कुलकर्णी आज नेपाल आउँदै छन्। उनी आएपछि नेपाली टिमको ब्याटिङमा सुधार आउने आशा गरिएको छ । नेपालले घरेलु मैदानमा धरैजसो समय अभ्यास गरेर दुवइ जादा डिभिजन टु मा सहभागि अरु टिम कसरी तयारी गरिरहेका छन ।

ओमान घरमै तयारीमा व्यस्त

ओमान डिभिजन–३ को च्याम्पियन बन्दै डिभिजन–२ मा बढुवा भएको हो। गत वर्ष टी–२० विश्वकप खेलेको ओमानले डिभिजन–२ को तयारीका लागि गत महिना अमेरिका र हङकङसँग सिरिज खेलेको थियो। घरेलु मैदानमा भएको तीन खेलको सिरिजमा ओमानले अमेरिकालाई ३–० ले हराएको थियो। युएईमा खेलिएको हङकङ विरुद्धको सिरिज पनि ओमानले २–१ ले जितेको थियो। डिभिजन–२ का लागि ओमानले दुई साताअघि नै राष्ट्रिय टिम घोषणा गरिसकेको छ। अहिले ओमान घरेलु प्रतियोगितामै व्यस्त छ। घरेलु प्रतियोगिता ५० ओभरको भएकाले डिभिजन–२ का लगि फाइदा पुग्ने श्रीलङकन प्रशिक्षक दुलिप मेन्डिसले स्थानिय सञ्चार माध्यमलाइ बताएका छन ।

क्यानडा दक्षिण अफ्रिका जाँदै

डिभिजन-२ को तयारीका लागि क्यानडाले पनि टिम घोषणा गरिसकेको छ। बार्बडोसमा एक साता अभ्यास गरेपछि क्यानडाले नितिश कुमारको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो। अब क्यानडाले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ। टिम क्यानडा जनवरी २५ मा दक्षिण अफ्रिका पुग्नेछ।

युएईले त्रिकोणात्मक सिरिज खेल्दै

डिभिजन–२ को तयारीका लागि युएईले आयरल्यान्ड र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ। दुबईमा भइरहेको सिरिजमा युएईले बलिया टिमसँग खेल्दै डिभिजिन–२ को राम्रो तयारी गरेको हो। तर युएई सिरिजका सुरुवाती दुवै खेलमा आयरल्यान्डले ४ विकेट तथा दोस्रो खेलमा ६७ रनले पराजित गरेको थियो।

केन्याले जिम्वाबेमा तयारी गर्ने

केन्या क्रिकेट टिम डिभिजन–२ को तयारीका लागि जिम्बावे जाने भएको छ। केन्याका सहायक प्रशिक्षक पिटर अन्गोन्डोका अनुसार अहिले केन्याको टिमले स्वदेशमै अभ्यास गरिरहेको छ। त्यसपछि अन्तिम तयारी गर्न जिम्बावे जाने उनले बताए। केन्याले जिम्बावेमा १० दिन अभ्यास गर्नेछ। त्यस क्रममा जिम्बावेको ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको अन्गोन्डोले बताए।

नामिबिया पनि छिमेकी देश दक्षिण अफ्रिकामा

डिभिजन–२ को आयोजक नामिबियाले प्रतियोगिताको तयारी दक्षिण अफ्रिकामा गरिरहेको छ। नामिबियाको टिमले तयारीस्वरुप दक्षिण अफ्रिकाको प्रदेशस्तरीय प्रतियोगिता खेलिरहेको छ। पूर्वी प्रदेशस्तरीय प्रतियोगितामा तीनदिवसीय खेल भइरहेको छ।
पोर्ट एलिजावेथमा भइरहेको प्रतियोगितामा नामिबियाले लगातार पाँच खेलमा जित निकालेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest