डिभिजन टु को खेल तालिका सार्वजनिक, पहिलो खेल नामिवियासग

नेपालले, आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबिया संग प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले फेब्रुअरी आठमा नामिबिया संग खेल्ने भएको हो । फेब्रुअरी आठ देखी १५ सम्म संचालन हुने डिभिज टु मा नेपाल र नामिबिया सहित ओमान, क्यानडा, केन्या र युएइ सहभागी छन । नेपालले नौ फेब्रुअरीमा ओमान संग दोस्रो खेल खेल्नेछ । एघारमा युएइ र त्यसको दुइ दिन पछि केन्या संग भिड्नेछ ।

आफ्नो अन्तिम खेल नेपालले १५ फेब्रुअरीमा क्यानडा संग प्रतिस्पर्धा गर्नेछ । क्यानडा र ओमान डिभिजन थ्रि बाट डिभिज टु मा बढुवा भएका हुन भने नेपाल, युएइ र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिप बाट घटुवा भएका हुन् । डिभिजन टु को शीर्ष दुइमा रहने टोलीले सन २०१९ मा हुने एकदिवशीय विश्वकप क्रिकेटको छनौट खेल्ने अवसर पाउने हुदा डिभिजन टु नेपाली क्रिकेटका लागि निकै महत्वपुर्ण रहेको छ ।

नेपाली टोली हाल यसैको तयारीमा रहेको छ । जसका लागि नेपालले भारतका ब्याटिङ प्शिक्षण सुलक्षण कुलकर्णी नेपाल आएका छन । अहिले बन्द प्रशिक्षणमा २१ जना खेलाडी छन । नेपालले नामिबिया जानु अघि एक साता युएइमा गएर अभ्यास गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest