आइपिएलको अक्सनमा परेका सन्दिप पहिलो नेपाली खेलाडी

स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १० औं संस्करणको अक्सन सुचिमा परेका छन् ।

अक्सनका लागि आवेदन दिएका १ हजार खेलाडीको सुचिबाट झन्डै ६ सयमा छोट्याउदा सन्दीप त्यो भित्र परेका हुन् । अक्सनको दोस्रो चरणका लागि छनोटमा परेका ५ सय ७८ खेलाडीमा भारतका ३ सय ६० जना रहेका छन् । एसोसिएट राष्ट्रका खेलाडीमा सन्दीप र क्यानाडाका विकेटकिपर हम्जा तारिक मात्र रहेका छन् । जेनवरी २७ र २८ मा बेङलोरमा आईपीएलको अक्सन हुदैंछ । सन्दीपले एजेन्ट मार्फत आफुले अक्सनमा आवेदन दिएको बताए ।

जनवरी २७-२८ तारिकमा आयोजना हुने अक्सनमा सन्दिप बिश्वका उत्कृस्ट ५७८ क्रिकेटरहरु संगै नेपालबाट एक्लो खेलाडीको रुपमा उभिएका छन्। आईपीएलको ११ औं संस्करणसम्म हालसम्म कुनै पनि नेपाली खेलाडी सुचीमा अटाउन सकेका छैनन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest