ब्याटिङ प्रशिक्षक कुलकर्णीले आज देखि प्रशिक्षण दिने

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाल आएका सुलक्षण कुलकर्णीले आज देखि टिमलाई प्रशिक्षण दिदैछन ।

किर्तीपुर मैदानमा भइरहेको प्रशिक्ष्ँणमा पहिलो पटक कलकर्णीले नेपाली खेलाडीको ब्याटिङ स्तरमा सुधार गर्न टिप्सहरु दिनेछन । मोन्टी देशाई छोटो समयका लागि नेपाल नआउने भनेपछि कुलकर्णीलाई आइसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाल पठाएको हो । मान्टी देशाई भने अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा गएका छन ।

आज नेपाली टिमले पहिलो सेसनमा फिटनेसका साथै नेट प्रशिक्षण गर्नेछ । जसमा कुलकर्णीले खेलाडीको कमजोर पाटोलाई सुधार्न सुझाव दिनेछन । करीव एक साता नेपालमा प्रशिक्षण गरेपछि नेपाली टिम १० दिनका लागि युएइ जानेछ । टिमसंगै कुलकर्णी पनि युएइ जानेछन । नामिवियामा हुने डिभिजन टु का लागि नेपाली टिमले शिर्ष दुई स्थानमा पुग्नु पर्नेछ । जसका लागि टिमलाई गर या मरको अवस्थामा खेल्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest