नेत्रहिन क्रिकेट टिमको भब्य स्वागत, भोलि सम्मान गरिने

पाकिस्तान र युएई ले संयुक्त रुपमा आयोजना गरेको पाचौँ एकदिवसीय नेत्रहीन बिश्वकप खेली आज नेपाली टोलि स्वदेश फर्किएको छ ।

स्वदेश फर्किएको नेपाली टोलि लाई आज त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल मा नेपाली क्रीकेट समर्थक समाज र नेपाली नेत्रहीन क्रीकेट सघँले भब्य रुपमा स्वागत गरेको थियो । बस तथा रेलबाट लामो यात्रा गर्दै बिश्वकप मा सहभागिता जनाउन पाकिस्तान पुगेको नेपाली टिम अन्तंत जादा कठिन यात्रा गरे पनि आउँदा भने सुलभ तरिकाले हवाईजहाज बाट स्वदेश फर्किएको छ ।

स्थलमार्ग हुँदै पाकिस्तान पुगेको खबर बाहिर आएपछि यसले सम्पुर्ण क्रीकेट प्रेमी र स्वाभिमानी नेपाली लाई दुखित बनाएको थियो । यसैमा बिश्वकप खेल्न जाँदा सम्म पनि राज्य तथा अन्य संबंधित निकाय हरु बाट हवाईजहाज सम्मको ब्यबस्था गर्न नसकेको र रास्ट्र का गहना खेलाडी लाई बेवास्ता गरिएको भन्दै बिश्वकप पछि खेलाडी को हौसला बढाउन उनिहरुलाई हवाईजहाज बाट स्वदेश ल्याईने र हौसला स्वरुप सम्मान गर्ने उदेश्य राखी नेपालि क्रीकेट समर्थक समाजले स्वाभिमान का लागि आर्थिक अभियान सुचारु गरिसके पछि यो कुरा सम्भव हुन पुगेको हो ।

एनसीएसएस ले खेलाडी को फर्किदा को यात्रा सहज बनाउन थालेको यो स्वाभिमानी अभियान मा उत्साहजनक सहयोग रकम प्राप्त भएको छ जसमा नेपालि क्रीकेट का कप्तान पारस देखि , पुर्ब कप्तान , खेलाडी , प्रशिक्षक तथा विभिन्न खेल सगँ सम्बधित तथा अन्य सघं संस्था र ब्यतिगत रुपमा सहयोग प्राप्त भएको थियो । जुन आज राती सम्म जारी रहने छ ।यता उठेको कुल रकम टिकट खर्च कटाई बाकी हुन आएको रकम सोमबार का दिन त्रिवि क्रीकेट मैदान मा एक कार्यक्रम गरि नेत्रहीन क्रीकेट टोलि लाई हस्तान्तरण गरिने भएको संस्था ले जानकारि गराएको छ ।

सोजन्य अनलाइनखेलखवर

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest