डिभिजन २ का लागि खेलाडीले कसरी बगाउदैछन पसिना

जति जति समय वित्दै छ त्यती त्यती नेपाली क्रिकेट खेलाडीको मेहनत पनि बढीरहेको छ । नामिबियामा यहि माघ २५ गते बाट सुरु हुने विश्व क्रिकेट लिग डिभिजन टु नेपाली क्रिकेट र खेलाडीका लागि कति महत्वपुर्ण छ टिमलाई मात्र थाहा छ । एकदिवशीय विश्वकप छनौट सम्म पुग्ने अन्तिम अवसरका रुपमा रहेको डिभिजन टु लाइ मध्यनजर गर्दै ब्याटिङ कन्सल्ट्यान्टका रुपमा नेपाल आएका भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णीले प्रशिक्षण दिन थालेका छन ।

कुलकर्णीले आइतबार देखी नेपाली टिमलाइ प्रशिक्षण दिन सुरु गरेका छन । केही दिन उनलाइ नेपाली ब्याट्सम्यानको वलियो र कमजोर पक्ष बुझन् नै समय लाग्नेछ । एक आपसमा नै खेलेर डिभिजन टु को तयारी गरिरहेको खेलाडीलाई कुलकर्णी आगमनले केही हद सम्म भएपनि राहत मिल्ने अपेक्षा गरिएको छ । कुलकर्णीले अन्डर नाइन्टिन विश्वकपमा नेपालको खेल टेलिभिजनमा हेरेको र आफु उनीहरु बाट निकै प्रभावित भएको बताइरहदा खेलाडीले भने ब्याटिङ कन्सलट्यान्ट ल्याउन आइसीसीले निकै ढिलो गरेको गुनासो गरे ।

यति महत्वपुर्ण प्रतियोगिताको तयारी चित्त बुझ्दो भने छैन् । प्रशिक्षणको स्तर, मैदानको अवस्था, सेवा सुविधा सवै हिसावले नेपाली खेलाडीले परिस्थिती संग सम्झौता गरेका छन । क्रिकेट संघ नहुदा सवै जिम्मा आइसीसीले लिएको हुदा उसैको खटन अनुसार चल्नुको विकल्प खेलाडी संग छैन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न असफल भएपछि नेपाल डिभिजन टु मा झरेको थियो । डिभिजन टु मा नेपाल, नामिबिया, युएइ, केन्या, ओमान र क्यानडा छन । नेपालको पहिलो खेल नै नामिबिया संग छ । यो प्रतियोगिताले सिनियर खेलाडीको भविष्य पनि निर्धारिण गर्ने बताइरहदा, सधै कठिन अवस्था बाट गुज्रदै आएको नेपाली टिमका लागि यो प्रतियोगिता अर्को कठिन परिक्षाका रुपमा रहेको छ । शीर्ष दुइमा अटाए नेपालले २०१९ को एकदिवशीय विश्वकपको छनौट खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest