पाकिस्तानको खराव प्रदर्शन जारी

पाकिस्तान विरुद्धको पहिलो टि–ट्वान्टी खेलमा न्युजिल्याण्ड सात विकेटले विजयी भएको छ ।

न्युजिल्याण्डको विलिङटनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९ ओभर चार बलमा एक सय पाच रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडन सके । चार रन हुदा पहिलो विकेट गुमाएको पाकिस्तानले २२ रन बनाउदा चार विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । ५३ रन बनाउदा पाकिस्तानको सात विकेट झरेको थियो । उसका लागि बावर अजामले ४१ तथा हसन अलीले २३ रनको योगदान गरे । बलिङतर्फ न्युजिल्याण्डका टिम साउथी र सेथ रान्सले तीन तीन विकेट लिए ।

जवाफमा न्युजिल्याण्डले १५ ओभर पाच बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । घरेलु टिमका लागि कोलिन र्मुनोले ४९ तथा रोस टेलरले २२ रनको योगदान गरे । यसअघि न्युजिल्याण्डले एकदिवसिय श्रृखलामा पनि क्लिनस्विप गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest